भूमे पर्व सास्कृतिक पर्व नभई बैज्ञानीक आधार होःमन्त्री पाण्डे

काठमाडौं।सस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीपसअद पाण्डेले खामभाषी मगरहरुको भूमे पर्व २०८२ लाइ सम्बोधन गर्दै सो पर्व लार्ई सास्कृतिक पर्व नभई बैज्ञानीक आधार भएको बताएका छन् ।खामे मगरहरुलेआफ्नो मुख्य चाड भूमे काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाए पछि मन्त्री पाण्डेले मगरहरुको चाडलाइ सम्बोधन गर्ने क्रममा त्यस्तो अभिव्यक्ति दिनु भएको हो ।
भूमि तथा प्रकृतिको पूजा गरिसकेपछि विभिन्न पाँच प्रकारको बाजा बजाएर टुँडिखेलमा मगर समुदायका महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाए ।
मन्त्री पाण्डेले भने, ‘भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढी–पहिरो बढेको छ । सिङ्गो जगत् नै सङ्कटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ।’
वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।
यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पा, रुकुम दाङलगायतका स्थानहरू पनि भूमे भुम्या मनाउने गरिन्छ ।
जिल्लाभित्रका सिस्ने गाउँपालिका, पुथा उत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा यति बेला भूमे नाच चलिरहेको भूमे गाउँपालिकाका चन्द्र रसाइलीले जानकारी दिनुभयो । हरेक वर्षको जेठ १५ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थानअनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।
भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन रही आएको छ ।

LEAVE A REPLY