काठमाडौं, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भाद्र २३ गते सोमबार देखि विधिवत् आरम्भ भएको छ र औंसीका दिन समापन हुने छ । यस पितृ पक्षमा वर्ष भरी दिवंगत हुने ( पूर्णिमा तिथि देखी औशी तिथि सम्म) का छोरा छोरीले पितृहरुलाइ तर्पण दिएर श्रद्धाभाव अर्पण गर्दछन ।सोह्रश्राद्धमा गरीने पितृ श्रद्धालाइ महालय श्राद्ध पनि भन्ने गरिन्छ ।
आज सम्पूर्णका घरघरमा र पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन रहिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।








