रोजगारी खोज्न यूवाहरु विदेशीए

काठमाडौं । स्वदेशमा रोजगारी नपाएपछि विदेशीने नेपाली युवायुवतीहरुको क्रम बढ्दो छ । जेठ महिनामा मात्र करिब ७५ हजार युवायुवतीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या ७४ हजार ४६७ रहेको छ । त्यसमा ८ हजार १६५ जना महिना छन् ।
जेठमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ६३८ जना वैदेशिक रोजगारीमा गएका छन् भने ११ हजार ९०५ जना व्यक्तिगत श्रमस्वीकृतिमा गएका छन् । जिटुजीमार्फत पठाइने इजरायल र दक्षिण कोरियामा एक हजार १७१ जना गएका छन् । जेठमा सबैभन्दा बढी २४ हजार ७०४ जना यूएई गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १६ हजार ५४७ जना गएका छन् ।
साउदी अरबीयामा ११ हजार ९६१ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत उक्त मुलुकमा ६ हजार ६२० जना गएका छन् । कतारमा ११ हजार ९१ जना गएकोमा म्यानपावर कम्पनी मार्फत २ हजार ६८१ जना गएका छन् । मलेसियामा ७ हजार २३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ६८२ जना र कुवेतमा ४ हजार ६३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ७५१ जना गएका छन् । यसरी विदेशी जानको युवाहरुको क्रम दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा सरकारको ध्यान देशमा रोजगारीको सृजना गर्नुपर्नेमा हुनुपर्ने देखिन्छ ।

LEAVE A REPLY