काठमाडौं । बजेटमा विनियोजित विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफलमा अनुपस्थित हुने मन्त्रीहरुप्रति एमाले सांसद योगेश भट्टराईले आपत्ति जनाउँदै अनुपस्थित मन्त्रीहरुलाई प्रश्न गर्नुभएको छ । गत शनिबारको प्रतिनिधि सभाको बैठकमा एकै दिन १० वटा मन्त्रालयको छलफल चलाइएको थियो तर मन्त्रीहरु संसदप्रति गैरजिम्मेवार भएका कारण यस्तो अवस्था आएपछि मन्त्रीहरुलाई प्रश्न गर्नुभएको थियो । उहाँले सोध्नुभयो– ‘आफुले प्रस्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग लिदैनौ भने गर्छौ के, विधायिकी काममा भाग लिदैनौं भने गर्छौ के ?’
बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमाथिको छलफल अन्र्तगत संघीय मामिला तथा सामान्य प्रशासन, विज्ञान तथा प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाई, लगायतका १० मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको सांसद भट्टराईको भनाई छ । उहाँले प्रश्न गर्नुभयो ‘प्रतिनिधि सभामा एकै पटक १० वटा मन्त्रालयमाथिको छलफल गर्दा प्रभावकारी नहुने अवस्थामा पनि एकै पटक १० वटा मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनुभनेको मन्त्रिको संसदप्रतिको गैरजिम्मेवार हो, संसदमा विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेला त्योभन्दा महत्वपूर्ण काम अर्को के होला?








