भोजकुमारी खड्का
चार वर्ष अघिदेखि प्रतिक्षारत ललितपुरस्थित ग्वार्को फ्लाईओभर ९ओभरपास० गत शुक्रबारदेखि सञ्चालनमा आएको छ । यससँगै सडक जामको मानसिक पीडाबाट थलिएका हजारौं यात्रुहरु तथा चालकहरुमा खुशीयाली छाएकोछ । हिडौं हिडेर पार नलाग्ने, सवारी चढौं घण्टौ जाममा पर्नुपर्ने जस्तो अवस्था झेलिरहनु परेको तितो यथार्थताको अन्त्य ग्वार्को ओभरपासले गरिदिएको छ । यसले कोटेश्वर र ग्वार्कोको जामको समस्या हल गरे पनि अन्य स्थानका चोकहरुमा भने समस्या उस्तै छ । त्यसैले आवश्यकता र आर्थिक क्षमताका आधारमा अन्य स्थानहरुमा पनि यस्तै संरचना तयार गर्न आवश्यक छ । यही आर्थिक वर्ष भित्रै सातदोबाटो वा एकान्तकुनामध्ये कुनै एक ठाउँमा ओभरपासको शिलन्यास गरि हाल्नुपर्ने देखिन्छ । जनतालाई खुशी पार्न सके मात्र मुलुकको समृद्धि हुन्छ । जबसम्म मुलुकमा समृद्धि आउँन ढिला हुन्छ, तबसम्म सर्वसाधारण विकासको पखाईमै बसिरहेकै हुन्छन् ।
ठूला शहरको व्यस्त सकमा ओभरपासको जति आवश्यक छ, त्यति नै आवश्यक गाउँघर वा दुर्गम क्षेत्रमा पक्की सडक र पक्की पुलको छ । दुर्गम क्षेत्रमा पुल र सडक नहुँदा त्यहाँका स्थानीय ठूलो मारमा पर्ने गरेका छन् । वल्लो टोल वा गाउँबाट पल्लो टोल वा गाउँमा जान जीन्दगीको रिस्क मोल्नु पर्दछ भने ती क्षेत्रमा उत्पादन हुने फलफूल, तरकारी र दालचामल जस्ता दैनिक उपभोग्य वस्तु ओसार पसार गर्न पनि असहज भैरहेको छ । त्यसैले सरकारले यस्ता समस्या हल गर्नका लागि सडक पूर्वाधारमा बजेट बढी छुट्याउनु पनृे आवश्यक देखिन्छ । स्तरीय सडक र यातायात नभएसम्म मुलुक समृद्धिमा जान सक्दैन ।








