काठमाण्डौ,नुनको एक छत्ररुपमा कारोवार गर्ने अनुमति पाएको संस्था साल्टट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आज भाद्र २२ गते आफ्नो ६३ औं वार्षिकोतसवको उपलक्षमा रक्तदाताहरुको बाक्लो उपस्थितिका बीच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कर्पोरेशनले “ मृगौला रोग समाज नेपाल” को लागि सहयोगार्थ रक्तदान गरेको जनाएको छ ।









