काठमाडौँ । फिफा विश्वकप —२०२६ अन्तर्गत बेल्जियमले सेनेगललाई ३—२ ले पराजित गरेको छ। यो सँगै बेल्जियम पनि प्रिक्वाटर फाईनल अन्तिम १६ प्रवेश गरेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको छ। यस जितसँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।
बुधबार राति सिएटलमा भएको खेलमा नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। उनले ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए भने १२० औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
अब बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यो हार सँगै सेनेगल विश्वकप २०२६ बाट बाहिरिएको छ ।








