एमबाप्पे सन २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । हाल उनी लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने र विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् ।
फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पेले स्वीडेन विरुद्ध दुई गोल गर्दै आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्याएका छन् ।
एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसी दुवैले समान ६ गोल गरी जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान कायम राखेका छन् ।
विश्वकपमा १८ खेलमा १८ गोल पूरा गरेका एमबाप्पे सर्वाधिक १९ गोल गर्ने मेसीको कीर्तिमान नजिक पुगेका छन् ।
काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पे गोल मेसिन बनिरहेका छन् ।
२७ वर्षिय एमबाप्पेकै दुई गोल मदतमा फ्रान्सले स्वीडेनलाई ३(० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरिसकेको छ
साविक उपविजेता फ्रान्स उपाधि लक्ष्यको यात्रातर्फ अघि बढ्दै गर्दा एमबाप्पे भने गोल स्कोरिङमा पनि खुबै जमेका छन् ।
उत्तर अमेरिकामा जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका एमबाप्पे यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक ६ गोल गर्ने सूचीमा अगाडि छन् ।
एमबाप्पे र मेसीले समान ६ गोल गरेका छन् । अझ २ असिस्ट समेत गरेका एमबाप्पे अब सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा समेत उक्लेका छन् ।
मेसीले समूह चरणमा अल्लेजरिया विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए भने तीन खेलमै ६ गोल गोल पूरा गरेका थिए ।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २(२ गोल गर्दा नर्वे विरुद्ध गोल गर्ने सकेनन् । राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध पनि २ गोल नै गर्दै उनी सर्वाधिक गोलकर्तामा अगाडि आएका हुन् ।
गोल मेसिनको रुपमा देखिएका एमबाप्पे मेसीसँगै गोल्डेन बुटको रेसमा अघि छन् । यी दुईलाई पछ्याइरहेका नर्वेका एर्लिङ हालान्डले पनि ५ गोल गरिसकेका छन् । उनले पनि समूहचरणका दुई खेलमा २(२ गोल गर्दा फ्रान्स विरुद्धको खेल खेलेनन् । यस्तै राउण्ड अफ ३२ मा आइभरी कोस्ट विरुद्ध निर्णायक गोल गर्दै नर्वेलाई अन्तिम १६ मा पुर्याउन मदत गरे ।
हालान्डले डेब्यु विश्वकपै उत्कृष्ट प्रदर्शन गर्दै नर्वेका लागि मुख्य गोलस्कोरर बनिरहेका छन् ।
विश्वकपका गोल मेसिन एमबाप्पे
एमबाप्पेले जारी विश्वकपमा मात्र नभई विश्वकपकै गोलमेसिनको रुपमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनले अहिलेसम्म विश्वकपमा १८ खेल खेल्दा १८ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा जर्मनीलाई मिरोस्लाभ क्लोजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिसकेका छन् । विश्वकपमा एमबाप्पेको गोल औषत नै हरेक खेलमा १ गोल छ ।
उनी अब सर्वाधिक १९ गोल गरेका मेसी भन्दा १ गोलले मात्र पछि छन् ।
जारी विश्वकपअघि मेसीको नामम १३ र रएमबाप्पेको नामम १२ गोल थियो । यस विश्वकपमा दुवैले ६(६ गोल गर्दै क्लोजलाई उछिनिसकेका छन् भने अब दुवै खेलाडी विश्वकपमा सर्वकालिन गोलकर्ता बन्ने अभियानमा छन् । मेसी र एमबाप्पे कसले धेरै गोल गर्लारु कसले गोल्डेन बुट जित्ला भन्ने प्रश्नसँगै विश्वकमै सर्वाधिक गोलकर्ता को बन्ला भन्ने कौतुहलता पनि उत्तिकै छ ।
तर एमबाप्पेको पछिल्लो गोल स्कोरिङ लय हेर्दा उनि रोकिने कुनै संकेत छैन । यस पटक फ्रान्सले गज्बको प्रदर्शन गरिरहेको छ र फाइनलसम्म पुगेमा अझै ४ खेल खेल्दा बाँकी छ । यस्तै लियोनल मेसीको अर्जेन्टिनाले पनि राउण्ड अफ ३२ को खेल खेल्नै बाँकी छ ।
मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने सर्वाधिक गोल गर्ने देखि सर्वाधिक ६ पटक विश्वकप खेल्ने र लगातार ७ खेलमा गोल गर्ने जस्ता दर्जनौँ कीर्तिमान बनाइरहँदा एमबाप्पे पनि आफ्नै कीर्तिमान बनाउन तयार भइसकेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्नेमा मेसीसँग टक्कर गरिरहेका एमबाप्पे विश्वकपमा लगातार गोल्डेन बुट जित्ने खेलाडी बन्ने लक्ष्यमा समेत छन् ।
सन् २०१८ मा विश्वकपमा डेब्यु गर्दा ४ गोल मात्र गरेका उनले सन् २०२२ मा विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । यस पटक पनि गोल्डेन बुट जितेमा एमबाप्पे विश्वकपमा एक भन्दा बढी पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन् ।
फिफा विश्वकपक सर्वाधिक गोलकर्ताहरु, कस्ले कति गोल लगाए?
लियोनल मेसी ः१९ गोल
किलियन एमबाप्पे ः१८ गोल
मिरोस्लाभ क्लोज ः १६ गोल
रोनाल्डो ः१५ गोल
गर्ड मुलर ः१४ गोल
जस्ट फोन्टेन ः १३ गोल
पेले ः १२ गोल
फिफा विश्वकप २०२६









