नेपालको धानको बीउ दखि कनिका सम्ममा परनिरभर्ता ःकुन कुन देशबाट भित्रीन्छन यसता वस्तुहरु ?

काठमाडौं । यतिबेला देशभर वर्षे धान लगाउने सिजन चलेको छ । देशभर यसपटक असारे धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ८१ हजार ४८८ हेक्टर रहेको कृषि विभागले जानकारी दिएको छ । विभागका अनुसार, हालसम्म करिब १६ प्रतिशत हाराहारीमा खेती भइसकेको छ ।
नेपालमा प्रायः चैते र असारे गरेर दुईबाली धान उत्पादन गरिँदै आएको छ । नेपालमा ४१ लाख ३१ हजारमध्ये २७ लाख ६५ हजार कृषक घरधुरी धान खेतीमा आवद्ध छन् ।
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार, कुल खेती गरिएको जमिनमध्ये ५४ प्रतिशतमा धान खेती हुने गरेको छ । कृषि गार्हस्थ्य उत्पादनमा धानबालीको करिब १३ प्रतिशत हिस्सा रहेको तथा कुल खाद्यान्न बाली उत्पादनमा धानबालीको हिस्सा ५० प्रतिशत रहेको छ । धानबालीको उत्पादनले मात्रै नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब दुई खर्ब रुपैयाँबराबरको योगदान गरेको छ ।
तर, उत्पादन र मागबीचको सन्तुलन मिल्न सकेको छैन । नेपाललाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अहिलेको उत्पादनका आधारमा अझै १० लाख मेट्रिक टन धान अपुग हुने गरेको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल बताउँछन् ।
कृषि प्रधान देश भनिए तापनि मुख्य खाद्यान्न बाली धान र चामलमा अझै परनिर्भरता कायम छ । जसले अर्बौं रुपैयाँ विदेशिने क्रम नरोकिँदा खाद्य सुरक्षा र आत्मनिर्भरतामाथि प्रश्न उठ्ने गरेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ११ महिना ९साउनदेखि जेठसम्म०मा नेपालले अर्बौं रुपैयाँको धान तथा चामल आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार, यस अवधिमा कुल ३७ अर्ब ६८ करोड २४ लाख ९७ हजार रुपैयाँबराबरको धान र चामल नेपाल भित्रिएको छ । उक्त अवधिमा भएको कुल ७१ करोड ११ लाख ९६ हजार केजी धान र चामलको आयातबाट सरकारले दुई अर्ब ६१ करोड ४६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
खाद्यान्न आवश्यकताका लागि छिमेकी मुलुक भारतमाथि अत्यधिक निर्भरता रहेको छ । नेपाली भान्सामा लोकप्रिय मानिने बासमती चामल मात्रै सात अर्ब ८६ करोड २६ लाख रुपैयाँको आयात भएको छ । अझ ३५ करोड रुपैयाँबराबरको ८६ लाख ९८ हजार केजी कनिका समेत भारतबाटै खरिद गरेको छ ।
चामलबाहेक धानकै रूपमा ठूलो परिमाणमा आयात भएको छ । भारतबाट मात्रै ४६ करोड ११ लाख केजी ‘अन्य धान’ आयात भएको छ, जसको मूल्य १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
नेपाली भान्छामा लोकप्रिय मानिने बासमती चामलको आयात उच्च छ । भारतबाट मात्रै सात अर्ब ८६ करोड २६ लाख रुपैयाँबराबरको ६ करोड ७६ लाख केजी बासमती चामल आयात भएको छ । चीन र कतारबाट पनि थोरै मात्रामा बासमती चामल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
अन्य चामलअन्तर्गत भारतबाट १७ करोड तीन लाख केजी र भियतनामबाट ६ लाख ९ हजार केजी चामल आयात भएको छ । यसबाहेक थाइल्यान्ड, इटाली र चीनबाट पनि उल्लेख्य मात्रामा चामल भित्रिएका छन् । अझ ८६ लाख ८९ हजार केजी कनिका चामल भारतबाट ३५ करोड रुपैयाँबराबरमा खरिद गरिएको छ ।
धान खेतीको सिजनमा बीउका लागि मात्रै ३१ करोड ३६ लाख रुपैयाँ खर्चः
आर्थिक वर्ष २०८२र८३ को पहिलो ११ महिनामा खेतीको सिजनअनुसारका बीउका लागि मात्रै ३१ करोड ३६ लाख रुपैयाँ खर्च गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा २९ लाख ९३ हजार केजीभन्दा बढी धानको बीउ आयात गरिएको छ, जसमा भारतबाट २६ लाख ६९ हजार केजी र चीनबाट तीन लाख २४ हजार केजी बीउ भित्रिएको छ ।
विभागको तथ्यांकअनुसार यस अवधिमा भारतबाट २६ लाख ६९ हजार ३०१ केजी, चीनबाट तीन लाख २४ हजार ७० केजी, भियतनामबाट १४८ केजी, यूकेबाट १२ केजी, कतार र संयुक्त अरब इमिरेट्सबाट पाँच–पाँच केजी धानको बीउ भित्रिएका छन् ।
कुन कुन देशबाट भित्रिन्छन् धान, चामल र बीउ?
खाद्यान्न आवश्यकता पूरा गर्न भारतसहित विश्वका १८ देशमा भर पर्नुपर्ने अवस्था छ । नेपालले सबैभन्दा बढी आयात भारत र चीनबाट गरेको छ ।
यद्यपि, यसबाहेक भियतनाम, थाइल्यान्ड, इटाली, जापान, नामिबिया, अमेरिका, एन्डोरा, कतार, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, हङकङ, सिंगापुर, साउदी अरेयिबा, भुटान र बेल्जियमबाट धान, चामल, कनिका र धानको बीउ भित्रिएका छन् । यद्यपि, कुल आयातमा भारतको हिस्सा सबैभन्दा ठूलो रहेको छ ।

LEAVE A REPLY