काठमाण्डौ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित आफ्नो स्वर्गीय पति मदनभण्डारीको ७४औं जनमदिनकोअवसरपारेर आफू सक्रिय राजनीतिमा फर्किनु पर्ने ५ कारण सहित एमाले राजनीतिमा पुरागमन गरेको घोषणा गर्नु भएको छ ।
भण्डारीले भावुक मुहारमा रानीतिमा सक्रिय हुनुपर्ने ५ कारण उल्लेख गर्नु भएको थियो । कारणहरुमा १. जबजलाइ थप फैलाउने चाहना भएको,
२.एमालेको शक्ति जबज नै भएको,
३. देश र जनताको भविष्य देखाउने प्रयास जागेको,
४.नेतृत्वका लागि आफू सक्षम रहेकोसन्देश र
५.नेता देखी कार्यकर्ता सम्म आफूले नेतृत्व गर्नु पर्ने चाहना रहेको बताउनु भएको छ ।
उहाँले कारण दर्शाउने क्रममा भन्नु भयोः—मेरो राजनीतिक जीवनका बारेमा सञ्चार जगत र पार्टीको कार्यकर्ता पंक्तिबाट समेत चासो र परिचर्चाभईरहेको बताउनुभयो ।
उहाँले आफु मदन भण्डारीको जीवन साथी र राजनीतिक सहयात्रीको रुपमा रहँदै आएको भए पनि २०५० साल जेठ ३ गते मदन भण्डारीको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यू भए पछि आफ्नो राजनीतिक दायीत्व बढेको बताउनु भयो ।








