मुलुकमा धान आयातमा मात्रै ३९ अर्व बाहिरीयो, बारिने क्रम अझै जारी

काठमाडौं । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ बाहिरीएको छ भनसो क्रम अझै जारी छ । । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष आव० २०८१र८२ को जेठ मसान्त सम्ममा धानरचामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ बाहिरिएको छ ।
विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक टन धान, धानको बीउ, चामल र कनिका आयात भएको हो । गत आवको यस अवधिमा नेपालमा करीब २१ अर्ब १३ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार मेट्रिक टन धान आयाता भएको थियो ।
यति धेरै रकम बाहिरीनुमा यहाँका नेपाली किसान दाजुभाइ तथा दिदीबििहनीहरुमा काम गर्न अल्छि मान्ने र मीठो मिठो खान मन लाग्नु र नेपालमा धानको उत्पादन धेरै कम हुनु, चालममा बढ़ी निर्भरता, हुनु त्यसमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढ़ी रोजाइमा पर्नु, लगायतका कारणहरु रहेका छन् । छिमेकी मुलुक भारतले धान निर्यातमा लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान÷चामलको आयात अपेक्षाकृत कम हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाई छ ।
नेपालमा करीब १० लाख मेट्रिक टन धान अझै अपुग रहेको देखिन्छ ।
सरकारले आव २०८२र८३ को बजेट बक्तव्यमा मार्फत मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । आगामी वर्षहरुमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरि चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए । उत्पादन विस्तारका लागि मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानवाट प्राप्त नवीनतम प्रविधिहरु किसान माझ पुर्याउन त्यस्ता कार्यक्रमहरु केन्द्रित रहने उनले बताए ।

LEAVE A REPLY