काठमाडौँ। काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि मङ्गलबार पनि जेनजीले प्रदर्शन सुरु गरेका छन् । बिहानै संसद् भवन अगाडि भेला भएर जेनजी युवाहरुले प्रदर्शन सुरु गरेकका हुन् ।
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ ।
सोमबार १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ
कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् ।सरकारले जेनजीले गरेको प्रदर्शमाथि गोली प्रहार गरे पछि भएको क्षतिबाट आक्रोशित समुहले आज पनि पर्दशन गर्ने र थप तनाव थपिने भन्दै आन्दोलन दवाउने लक्षले निषधाज्ञा जारी गरे पनि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरी रहेका छन् ।









