निजी क्षेत्रद्वारा धनजनको क्षतिप्रति दःख व्यक्त , नेनजीलार्ई संयम अपनाउन आग्रह

काठमाडौँ, भदौ २५ गते । नेपालका निजी क्षेत्रनेपाल उद्योग बाणिज्य महाँसघ र नेपाल उद्योग परिसंघले युवाको चाहना अनुरूप समुन्नत समाज निर्माणमा योगदान दिन सबैमा आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले ‘जेनजी’ पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख, व्यक्त गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
महासङ्घले विज्ञप्ति जारी गर्दै युवाको चाहना अनुरूप सरकारी सेवामा नागरिकको सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको छ । “लगानी एवं रोजगारी प्रवर्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासङ्घ सरोकारवाला सबैमा आग्रह गर्दछ ।”

महासङ्घले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव हुने औँल्याएको छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भई संवाद र सहकार्यका माध्यमबाट समृद्धितर्फको यात्रा तय गर्नुपर्ने महासङ्घको माग छ ।
नेपाल उद्योग परिसङ्घ सिएनआई पनि विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा युवाको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । हाम्रो भविष्य नेपालका युवाको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर रहेको भन्दै परिसङ्घले संयमता अपनाउन सबै सरोकारवालालाई अपिलसमेत गरेको छ । नेपालको समृद्धिको मार्गमा द्वन्द्वभन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनु पर्छ भन्नेमा परिसङ्घ स्पष्ट रहेको जनाएको छ ।

LEAVE A REPLY