काठमाडौँ । नेपाली सेनाले व्यक्ति तथा सम्पत्ती लक्षितआक्रमण भए तय विरुद्ध कडा कारवाही गरिन प्रष्ट पारेकोे छ ।सेनालेआज ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु जारी रहने पनि स्पष्ट गरेको छ ।
निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको बताएको छ ।
नेपाली सेनाले भनेको छः
विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीहरुप्रति कृतज्ञता ज्ञापन गर्दछ । आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ ।









