माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच

काठमाडौँ । नेपाली सेनाले राजधानीको माइतीघर क्षेत्रमा कडाइ गरेको छ । सेनाले कडाई जाँचका क्रममा अत्यावश्यक सेवाका सवारी साधनलाईभने कुनै रोक तोक गरेको छैन । विनाकाममा हि.डडुल गर्न भने कडाइ गरेको छ ।
‘संविधान बचाउ’नका लागि केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो।
यस्तै माइतीघर क्षेत्रमा अघिल्लो दिनमा भन्दा आज सेनाको सङ्ख्या बाक्लो देखिन्छ । बुधवार युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए ।

 

LEAVE A REPLY