काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक नेतृत्वविहीन अवस्थामा पुगेको छ। जेनजी आन्दोलनको प्रभावमा अन्तरिम सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा अन्योलता बढिरहेका बेला ठूला दलहरूले लोकतान्त्रिक र संवैधानिक बाटोबाटै निकास खोज्नुपर्ने भन्दै आ —आफ्ना धारणा सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसको धारणाः
नपाली कांग्रेको धारण—कांगे्रस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले राष्ट्रपतिले थालेको पहलको स्वागत गर्दै सम्वादबाट मात्रै निकास संभव हुने बताएका छन् । कांग्रेसको विज्ञप्तीमा आवश्यताको सिद्धान्त अनुसार गरिने निर्णयलाई पनि संबैधानिक बाटो मार्फत निर्णय दिन सकिने भनिएको छ ।
जेनजीका भित्रै विभिन्न नामहरू प्रस्ताव भइरहेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउनुपर्ने र संसद विघटन अपरिहार्य हुने अडान राखेका छन्। तर, कार्कीको नाममा समेत जेनजीभित्र सहमति बन्न सकेको छैन।
यस्तो अवस्थामा एमाले, कांग्रेस र माओवादी केन्द्रले संविधानको दायराभित्रै राजनीतिक समाधान खोज्नुपर्ने सन्देश दिएका छन्।
त्यस्त,ै एमालेको धारणा ः
एमाले महासचिव शंकर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबाट मात्र निकास सम्भव हुने बताएका छन्। उनले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक संस्थाहरू सक्रिय भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
त्यस्तै,माओवादीको अपील
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालको फाइदा उठाएर प्रतिगामी शक्तिहरू सक्रिय भएको चेतावनी दिएका छन्। उनले समुन्नत लोकतन्त्र र गणतन्त्रकै पक्षमा आन्दोलनकारीलाई रणनीति बनाउन आग्रह गरेका छन्। माओवादीको विज्ञप्तिमा संविधानलाई नै आधार बनाएर समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख छ।
राष्ट्रपतिबाट सन्देश ः
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयास भइरहेको बताएका छन्। उनले संयमता अपनाउँदै आन्दोलनकारीका माग सम्बोधन गर्न संवाद र सहकार्य आवश्यक रहेको जनाएका छन्। ठूला दलहरूको साझा सन्देश स्पष्ट छ – संविधान र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर समाधान खोज्ने प्रयास गरिए त्यसले अराजकता थप्नेछ।








