संसद भवन बन्यो फोहोर थुपार्ने स्थल

काठमाडौँ। भाद्र २२ गते सम्म संसद भवन भन्न योग्य रहेको वीरेन्द्र अन्तराष्ट्रि सम्मेलन केन्द्र अहिले फोहोर तपार्ने केन्द्र बनेको छ । जेन जी प्रर्दनका क्रममा घुसपैठ गर्ने अराजक तत्वहरुले आगजनी गरे पछि अहिले सो ठाउँमा ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन थुपार्न सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको हो ।
मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिए ।
“जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ”, उनले भने , “तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिए ।

LEAVE A REPLY