काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक मंगलबारबाट सुरु भएको छलफलले नेताहरूबीच गहिरो असन्तुष्टिको चित्र प्रस्तुत गरेको छ। बैठक सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आजको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने निर्णय भएको छ।
बैठकमा उठेका मुख्य प्रश्नहरू र आलोचना जेनजी आन्दोलनसँग सम्बन्धित नेताहरूको कारागार भ्रमणबाट सुरु भएको थियो। सभापति रवि लामिछानेको छुटपटकको निर्णयपछि केन्द्रीय नेताहरू नख्खु कारागार पुगेका थिए। तर, अधिकांश सदस्यहरूले यसमा आपत्ति जनाउँदै पार्टी नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिताको अभावलाई उजागर गरेका छन्।
रास्वपा प्रवक्ता मनिष झाले सम्बन्धित घटनामा संलग्न टोलीलाई उक्साउने भिडियो सार्वजनिक भएपछि विवाद थप चर्किएको थियो। पत्रकार सम्मेलनमा झाले आफ्नो पक्ष प्रस्तुत गरे पनि बैठकमा नेताहरूको ८० प्रतिशतले कारागार भ्रमण र नेताहरूको भूमिका माथि प्रश्न उठाएका थिए।
त्यस्तै, पार्टीले जेनजी आन्दोलनको स्वामित्व लिन नसकेकोमा पनि अधिकांश नेताहरूले आलोचना गरेका छन्। केहीले रुपन्देहीमा उम्मेदवार छनोट प्रणालीको मत परिणाम सार्वजनिक नगर्ने निर्णयप्रति प्रश्न उठाएका छन् भने केहीले प्रदेश इन्चार्जहरूको भूमिकामा स्पष्टता नभएको उल्लेख गरेका छन्।
विश्लेषकहरूका अनुसार, बैठकमा देखिएको विवाद र असन्तुष्टिले रास्वपाको नेतृत्व र आन्तरिक संयोजनमा गम्भीर कमजोरी भएको संकेत गर्दछ। यसले आगामी रणनीति र पार्टी एकताको पक्षमा प्रश्नचिन्ह खडा गरेको छ।

 

LEAVE A REPLY