काठमाडौँ । भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको भौतिक र मानवीय क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले उक्त घटनामा सग्लग्न व्यक्त्तिविरुद्व अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएको छ । आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारबाही गर्न कुनै समस्या नहुने स्पष्ट पारेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले आज जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयमा समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
विज्ञप्तिमा भनिएको छ, फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ। गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।
आयोगका सदस्य शर्माका अनुसार आयोगले प्राप्त सूचना र निवेदनका आधारमा अध्ययन र विश्लेषणको काम अगाडि बढाइरहेको छ ।








