काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
महाशाखाका अनुसार आज सबै प्रदेशका पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम मूख्यतया सफा रहने छ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति कोशी , बागमती र गण्डकी प्रदेशको पहाडी भू—भागमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम मूख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









