काठमाडौँ । नेपालले आज त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत इरानसँग भिड्दै छ। खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ बजे हुनेछ । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको छ ।
नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो । इरान भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । प्रतियोगितामा इरानले ३ अंक जोडेको छ ।
प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।









