एनआईसी एशिया बैंकको कार्यभार सुजितकुमार शाक्यको काँधमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कार्य भार सुजित कुमार शाक्यको काँधमा आएको छ । बैक सञ्चालक समितिको ७३६ औं बैठकले उहाँलाई प्रमुक कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरे सँगै बैंकको कार्यभार उहँको काँधमा पर्न आएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले २०८२ साल कार्तिक २० गते आफ्नो पदभार ग्रहण गरी शपथ समेत खाई सक्नु भएको छ
शैक्षिक योग्यता, अनुभव र योगदानः
झन्डै तीन दशक लामो बैंकिङ् अनुभवप्राप्त गरी सक्नु भएका प्रमुख शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ।
उहाँले सन् १९९६ बाट तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकमार्फत बैंकिङ् करियर सुरु गर्नुभएको थियो। त्यसपछि हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ् प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो।
बैंक अफ एशिया नेपाल र एनआईसी बैंक लिमिटेडबीचको मर्जर प्रक्रियामा शाक्यको उल्लेखनीय योगदान रह्यो। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रूपमा कर्पोरेट बैंकिङ् प्रमुखका रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
त्यसपछि उहाँले सिभिल बैंक, जनता बैंक, र ग्लोबल आइएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्नुभयो। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुअघि उहाँ नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो।

एनआईसी एशिया बैंकले कार्यकारी प्रमुख शाक्यको रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र दीर्घ बैंकिङ अनुभवले बैंकलाई थप सबल, गतिशील र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले उहाँको नेतृत्वमा आगामी दिनहरूमा अझ ठूला उपलब्धि हासिल गर्ने दृढ अपेक्षा राखेको छ।

LEAVE A REPLY