किसानहरु अझै विदेशी हाइब्रिड बिउमा निर्भर हुन बाध्य

१५ असार, काठमाडौं । आज असार, १५अर्थात २३ औं राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ । तर, ‘धानमा आत्मनिर्भरता र समृद्धि’ को नारा नारामै सिमित भए पछि किसानले छर्ने बिउ भने बर्सेनि १ अर्ब रुपैयाँ भन्दा बढीको बिउ आयात गरिएको को छ ।
नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने र आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दाबीबीच उन्नत र विशेषगरी हाइब्रिड वर्णशंकर जातको बिउमा किसानको आकर्षण बढी हुँदा देश पूर्णरूपमा परनिर्भर रहेको देखिन्छ
भन्सार विभागको तथ्यांक अनुसार धानको बिउ आयात गत वर्षको तुलनामा ११.४२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिना साउनदेखि जेठ मसान्तसम्म १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको धानको बिउ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको बिउ आयात भएको थियो ।
मूल्यका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष १३ करोड ३१ लाख ९७ हजार रुपैयाँ बढीको धानको बिउ आयात भएको छ ।
मूल्यसँगै परिमाणका आधारमा पनि यो वर्ष धानको बिउ आयात बढेको छ । गत वर्षकोे ११ महिनामा २ हजार ५ सय ७० टन धानको बिउ आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ९ सय ९३ टन भित्रिएको छ ।
विभागको तथ्यांकअनुसार नेपालमा आयात हुने धानको बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा छिमेकी मुलुक भारत र चीनले ओगटेका छन् । ११ महिनामा भारतबाट मात्रै १ अर्ब १४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको २ हजार ६ सय ६९ टन धानको बिउ आयात भएको एक तत्थायांकले बताएको छ ।
त्यसैगरी, चीनबाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको ३ सय २४ टन धानको बिउ भित्रिएको तथ्यांक छ । भारत र चीनबाहेक नेपालले अन्य तेस्रो मुलुकबाट पनि नगन्य मात्रामा परीक्षण वा अन्य प्रयोजनका लागि बिउ आयात गरेको देखिन्छ ।
भियतनामबाट १ सय ४८ किलो, बेलायतबाट १२ किलो, कतार र युनाइटेड अरब इमिरेट्स युएईबाट ५र५ किलो तथा साउदी अरेबियाबाट ३ किलो धानको बिउ नेपाल भित्रिएको छ ।
एकातिर बीउमा आत्मनिर्भर उन्मुख भएको सरकारी दाबी र अर्कोतिर बर्सेनि सवा अर्बभन्दा बढीको बिउ आयात हुनुले नेपालको कृषि अनुसन्धान र किसानको आवश्यकताबीच खाडल देखिन्छ ।

SHARE
Previous article

LEAVE A REPLY