भक्तपुरको यातायात कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना युवा पक्राउ

काठमाडौँ । भक्तपुरको यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जेनजी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेस्थित कार्यालय र मध्यपुर ठिमी नगरपालिका २ मा रहेको प्रहरी प्रभाग सानोठिमीमा तोडफोड र आगजनी भएको थियो।
त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, १९ वर्षीय हिमाल श्रेष्ठ र संजितकुमार ठाकुर रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY