काँग्रेसका पूर्व मन्त्री मोहम्मद आफ्ताभ आलमको निधन, भोली देशभरका पार्टी कार्यालय बन्द हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको उपाचारका क्रममा निधन भएको छ । निधनप्रति पार्टीले गहिरो शोक व्यक्त गरेको छ। आज शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनका लागि पार्टीका सबै कार्यालयमा शोक मनाउने निर्णय गरेको छ ।
पार्टीले कात्तिक २२, २३ र २४ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, कात्तिक २३ गते देशभरका सबै पार्टी कार्यालयहरू बन्द गर्ने, र स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ। साथै, सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिने पनि निर्णय गरिएको छ ।

 

LEAVE A REPLY