काटमाण्डौ, नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारले भष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको बताउनु भएको छ ।उहाँले कालिन्चोक ८ सुन खानीमा काली नाग माधयमिक विद्यलयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रम लाई सम्बोधन गर्दे सो कुरा बताउनु भएको हो साथै उहाँले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने समेत बताउनुभएको छ । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आगामी फाल्गुन २१ गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउदै उहाँले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो।
उहाँले सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको भए पनि केही क्षेत्रमा अझ राम्रो गर्नुपर्ने बताउनुभयो । आफूले राम्रो काम गर्न नसके पनि कुनै पनि नराम्रो काम नगर्ने बताउनुभयो । हालको सरकारको कार्यशैलीले जेनजी आन्दोलनका योगदानको सम्मान गरेको प्रष्ट पार्नुभयो।
मन्त्री खरेलले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता–प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ। अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।”
उहाँले आफ्नो जन्मस्थानमा शिक्षा र प्राविधि क्षेत्रमा सुधार तथा विकासका योजनामा सक्रिय सहयोग गर्ने बताउनुभएको छ।
आधुनिक प्रविधिको प्रयोगमार्फत् शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने, गाउँ(सहरबीच पहुँच र कनेक्टिभिटी सुधार गर्ने र स्थिर शासन प्रणालीमार्फत समग्र राष्ट्रिय विकासमा योगदान पुर्याउने विषयमा पनि जोड दिनुभयो।









