ज्ञानेन्द्र शाहीको कमाण्डमा राप्राले बृहत आन्दोलन गर्ने

काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र आगामी राजनीतिक सहमतिको आवश्यकता औंल्याउँदै ​बृहत् आन्दोलन गर्ने घोषणा गरेको छ। आज मंसिर २३ गते काठमाडौंको रत्नपार्कमा गर्ने आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले एउटा विशेष आन्दोलन परिचालन समिति गठन गरेको छ।
राप्रपाले पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई आन्दोलनको माण्ड सम्हालने जिम्मेवारी दिएको छ। उनी नेतृत्वको आन्दोलन परिचालन समितिमा अर्का प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रबिन्द्रप्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्य छन्।
आन्दोलनलाई राप्रपाले जेनजी, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा अर्थ्याएको छ।जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनात्मक संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबलाइजेसन गर्ने तैयारी भइरहेको बताइएको छ।
राप्रपाका एक नेताले भने, “यो आन्दोलन नयाँ सहमतिको मार्ग खोल्ने ऐतिहासिक मोड हो। जनता, दल र राजा—यी तीन शक्ति एक स्थानमा भेटिएमात्र देश स्थिर हुन्छ।”
​ुजेनजी आन्दोलनपछिको परिवर्तित अवस्थाले नयाँ समझदारी आवश्यकु

गत बुधबारको बैठकमा सहभागी नेताहरूका अनुसार, जेनजी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजा संस्थासम्मबीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको हो।
एक नेताका अनुसार बैठकले राजा हटाउने दलहरूले पनि वर्तमान अवस्थामा राजाको भूमिकाको पुनः परिभाषा आवश्यक ठानेका, राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने निष्कर्ष निकालेको छ।
राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउनेलगायतका मागहरू समावेश छन्।

LEAVE A REPLY