१८ चैत, काठमाडौं । २१ फागुनको निर्वाचनबाट आएका अधिकांश राष्ट्रिय दलहरूले संसदीय दलको नेता चयन गरेका छन् ।
बुधबार मात्रै नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको छ । एमालेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा बादललाई निर्विरोध निर्वाचित गरेको हो ।
यसअघि नै रास्वपाबाट संसदीय दलको नेता चयन भएर बालेन शाह प्रधानमन्त्री भइसकेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भइसकेका छन् ।
तर, नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन ।
कांग्रेस नेता मोहन आचार्यका अनुसार कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ ।
बिहीबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा दलको नेता चयन र संसद्मा प्रस्तुत हुने नीतिबारे छलफल हुनेछ ।









