कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा २१ को उपधारा ४० बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

LEAVE A REPLY