काग्रेसइतर पक्षद्वारा एकतामहाँधिवेसनको संभावना क्षीण भएको निष्कर्ष

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहदेउवाले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ ।
आज शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो ।
‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण हुँदैगएका छन्,’ बैठकपछि नेता मीनबहादुर विश्वकर्माले भने
उनले अझैँ पनि झिनो आशा भने कायम रहेको बताए । उनले भने, ‘हामी के पनि विश्वासमा छौं भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा आफ्ना प्रस्ताव हुन्छन्, केही विमति हुन्छन्, केही विमतिभित्र सहमति पनि खोज्छौं, मलाई लाग्छ नेताहरूरसाथीहरूले यी कुरालाई महशुस नमिलेका कुरालाई मिलाउनुहुन्छ । त्यसका लागि समय लाग्नसक्छ ।’
‘समय लाग्छ’ भनेरै आफूहरूले धैर्य गरेर अहिलेसम्म कुरेको उनले बताए । ‘तर, एक पक्षबाट सबै गतिविधि निरन्तर अगाडि बढिरहन्छन्, त्यसबाट अधिवेशन पनि गर्छ र त्यो अधिवेशनबाट धेरै साथीहरू मूलधारबाट बाहिरिने अवस्थामा पार्टी एकता गर्ने सम्भावना कमजोर हुँदैजान्छ,’ उनले भने ।
अर्का नेता डा। प्रकाशशरण महतले संस्थापन पक्षले भेटमा सबै कुरा भइहाल्छ भन्ने र व्यवहारमा त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिले पार्टीको बृहत्तर एकतामा समस्या देखिएको बताए ।
‘अहिलेको समीक्षा के हो भने उहाँहरू पार्टीको बृहत्तर एकता गर्न ईच्छुक हुनुहुन्छ भन्ने अहिलेसम्मको अनुभवमा रहेन । तर, दुई चार दिनमा पल्टी मारे बेग्लै कुरा हो,’ डा। महतले भने ।
तैपनि अझै प्रयास गर्नुपर्छ भन्ने थोरै राखेर भन्ने समीक्षा पनि भएको उनले बताए ।
यसविषयमा डा..शेखर कोइरालासँग पनि कुराकानी भइरहेको उनले बताए । उनले अगाडि भने, ‘उहाँ र हाम्रोबीच पनि एउटै विचार छ, यसविषयमा । फरक कुराहरू छैनन्, बटमलाइन एउटै छ ।’ कोइराला बैठकमा उपस्थित नभएपछि सल्लाह भइरहेको उनले दाबी गरे ।
अहिलेको मुलुकको जोखिमपूर्ण अवस्थामा आफ्नो पक्षले पार्टीको बृहत्तर एकता नै चाहेको उनले दाबी गरे । ‘जसको हातमा बागडोर छ, उहाँहरूले नै चाहनुभएन भने अवश्य पनि समस्या त आउँछ नै । उहाँहरू मान्छेपिच्छे फरक–फरक कुरा गर्ने देखियो,’ उनले भने,‘उहाँहरू नै ठूलो पार्टी भन्दा पनि आफू अनुकुलको पार्टी चाहेको देखियो ।’

LEAVE A REPLY