भण्डारी अनिवार्य अवकासमा जाने भएपछि प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारीस

१९ असार, काठमाडौं ।कार्यबाहक प्रमुख निर्वाचन अधिकृत रामप्रसाद भण्डारी यही असार अन्तिम हप्ताअनिवार्य अवकासमा जाने भए पछि सो ठाउमा संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सरकारी वकिलबाट पेशा सुरु गरेका उनले न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका थिए ।
त्यस्तै परिषद्ले पूर्वडीआईजी डा.राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले ओखलढुंगालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा.सुब्बा डीआईजी भएर अवकाश भएका थिए ।
उनी हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आवद्ध छन् । वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल उपन्यायाधीवक्ताहुन् ।
यसअघि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त कार्यबाहकका जिम्मेवारीमा चलेको थियो ।
यसअघि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त कार्यबाहकको जिम्मेवारीमा चलेको थियो । हाल कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रामप्रसाद भण्डारी छन् ।
उनैले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको कमाण्ड सम्हालेका थिए ।

LEAVE A REPLY