नेपाल स्रष्टासमाजद्वारा चापागाइ र ठकुरी सम्मानीत

काठमाडौं । नेपाल स्रष्टा समाजले दुई अग्रज साहित्यकार निनु चापागाइ र माया ठकुरी लाई नगद सहित योगमाया सम्मानले सम्मानित गरेको छ । समाजले कथाकार माया ठकुरीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, २०८३’ तथा समालोचक तथा सर्जक निनु चापागाईंलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान, २०८३’ प्रदान गरेको हो । दुवै जनालाइ सम्मानकासाथ नगद राशि ५० हजार १११ रुपैयाँ समेत प्रदान गरियो ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले दुवै सर्जकलाई सम्मानित गर्दै ८५ वर्षअघि नै योगमायाले शासन सत्ताका विरुद्ध क्रान्तिकारी कदम चालेको उल्लेख गरे । घिमिरेले सम्मानित व्यक्ति ठकुरी र चापागाईंको साहित्यिक योगदानको चर्चा पनि गरे ।
साहित्यकार इल्या भट्टराईले सम्मानित सर्जकहरूको परिचय दिँदै ठकुरी संघर्षशील साहित्यकार भएको उल्लेख गरिन् । उनको रुचि आख्यानमा मात्र नभएर उनी गायक तथा संगीतकार पनि भएको बताइन् । त्यस्तै, समालोचक निनु चापागाईंको परिचय दिँदै भट्टराईले उनी समालोचककासाथै माक्स वादी चिन्तक पनि भएको उल्लेख गरिन् ।
योगमाया नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोकले योगमायाले राणाहरूलाई चुनौती दिएको चर्चा गर्दै स्रष्टा समाजको स्थापनासँगै योगमाया सम्मानको स्थापना गरेको बताए ।
कार्यक्रममा चापागाईंले योगमायाका सम्बन्धमा अझै खोजी हुनुपर्नेमा जोड दिए । ठकुरीले सम्मानले आफूलाई खुसी लागेको बताइन् ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले योगमायाले ८५ वर्षअघि गरेको विद्रोहबाट नै आजको गणतन्त्रको शंखघोष भएको उल्लेख गरे ।
न्यौपाने बन्धु समाजको सहकार्यमा सम्पन्न कार्यक्रममा राजेश न्यौपाने, बलराम न्यौपाने, प्रकाश घायल, गोपीकृष्ण न्यौपानले योगमायाका विषयमा आ—आफ्ना विचार राखे ।

LEAVE A REPLY