काठमाडौँ, कात्तिक १८ गते । उर्जा मन्त्री कुलमान घिसिडले उद्योगी व्यवसायिहरुले लामो समय सम्म महशुल नतिरेपछि जसरी पनि महशुल तिराउने लक्षका साथ विद्युतको लाइन काट्न आदेश दीनु भएको थियो । आदेश पछि अहिले लाईन काटिएका उद्योग हरुले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीका चार उद्योगहरुले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् ।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले तिर्नु पर्ने बक्यौतालाई २८ किस्तामा विभाजन गरी बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताउनुभयो ।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ ।









