काठमाण्डौ,डा. डिल्लीरमण —कल्याणीरेग्मी स्मारक पुस्तकालयले आज लाजिम्पाटस्थित आफ्नै सभाहलमा पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गको प्रमुख आतित्थ्य तथा सो पुस्तकायकी अध्क्ष प्रा .डा.विणा पौडेलको अध्यक्षतामा भव्य समारोका विच ४ जना युवाहरुलाई युवा छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ । पुरस्कार तथा प्रमाण— पत्र पाउनेहरुमा परशुराम सापकोटा,भिमबहादुर राना,सविना लिम्बु र बद्री आचार्य हुनुहुन्छ । उहाहरुलाई जनही रु. १० हजार नगद सहित प्रमाण—पत्र प्रदान गरिएको छ । प्रमाण पत्रमा भनिएको छ “डा. डिल्लीरमण रेग्मी युवा छात्रवृत्ति पुरस्कार २०८२ अन्र्तगत यस डिल्लीरमण रेग्मी—कल्याणीरेग्मी स्मारक पुस्तकालयमा सग्रहित पुराना मुद्रा,मूर्ति,डा.रेग्मीले प्राप्त गरेका प्रमाण पत्र तथा अन्य आर्टिफेक्टरहरुको बैज्ञानिक व्यवस्थापन तथा सूचिकरण गर्नको निमित्त तपाई श्री……ज्यूले निर्वाह गर्नु भएको भूमिकाको उच्चमुल्याङ्कन गर्दै स—धन्यवाद यो प्रमाण —पत्र प्रदान गरिएको छ ।“त्यसै गरी पुस्तकालयमा संग्रहित पुराना मुद्रा,मूर्ति, डा. रेग्मीले प्राप्त गरेका प्रमाण पत्र तथा अन्य आर्टिफेक्टरहरुको बैज्ञानिक व्यवस्थापन तथा सूचिकरण गर्नको निमित्त प्राविधिक सहयोग गरेवापत राष्ट्रिय संग्राहलय छाउनी र त्रिभूवन विश्व विद्यालय किर्तिपुरलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सो पुस्तकालय विकास समितिका सदस्य गणेश प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको गियो । प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गरीएको गियो ।








