भैरव पुरस्कार गुठीद्वारा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक

काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली साहित्यका सम्राट भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न ३ पुरस्कार प्राप्तकर्ताहरुको नाम सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले आगामी असोज ३ गते गोकर्णेश्वर–५स्थित भैरव स्मृति भवनमा पुरस्कार वितरण गर्ने र २०८२ मा प्रदान गरिने ३ पुरस्कारमध्ये भैरव पुरस्कार भारत सिल गुठीका निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने निर्णय गरेको छ । सो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गर्ने बैठकले निर्णय गरेको छ । सो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ । जसको राशी ५१ हजार १ सय ११ रुपैयाँ रहेको गुठीले जनाएको छ ।
पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार बसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनुभएको चयन समिति गठन गरेको थियो ।

LEAVE A REPLY