काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको २८औं वार्षिक कार्यक्रम एक भव्य तथा सभ्य समारोहकाबीच सम्पन्न भएको छ ।
वरिष्ठ राजनीतिज्ञ डा.शेखर कोइरालाको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा गुठीका अध्यक्ष, मुख्य अतिथि, विशिष्ट अतिथि, अतिथि, पुरस्कृत व्यक्तित्व, गुठीका सल्लाहकारहरु, पदाधिकारी लगायतका व्यक्तित्वहरुले आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य डा।चिन्तामणि योगीले दिनुभएको थियो भने गुठीको गतिविधिको बारेमा गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी गराउनुभएको थियो । त्यसैगरी सेवा गुठीका सल्लाहकार प्रा।सुरेशराज चालिसेले बद्रीविक्रम थापाको २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा खेल्नु भएको भूमिका विषयमा मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार २०८२ वाचन श्री ओम श्रेष्ठ ‘रोदन’ले गर्नुभएको थियो भने सो पुरस्कार समर्पण वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार श्री तेजेश्वरबाबु ग्वङ्गःलाई गरिएको थियो । पुरस्कार राशी २ लाख, २२ हजार २ सय २२ को थियो ।
त्यसैगरी ‘सेवा पुरस्कार नेपाल २०८२ को वाचन सरिता थापा भण्डारीले गर्नुभएको थियो भने सो पुरस्कार वरिष्ठ समाजसेवी तथा चित्रकलाकार श्रीमती उर्मिला गर्ग उपाध्यायलाई गरिएको थियो । कार्यक्रममा दुवै पुरस्कृत व्यक्तित्वले मन्तव्य समेत दिनुभएको थियो । कार्यक्रममा श्रद्धेय दमननाथ ढुंगानाबाट रचित राष्ट्रभक्ति गान पनि श्रीमती सुवर्णलाल थापाले गाउनुभएको थियो । त्यसैगरी, हरिमञ्जुश्रीद्वारा सम्पादित गुठीको मुख पत्र ९सेवा नेपाल–२०८२ दमननाथ ढुंगाना, श्रद्धाञ्जली अंक० मुख्य अध्यक्षबाट र ग्रन्थ ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुंगाना’ अतिथिबाट लोकार्पण गरिएको थियो । र लोकार्पित पुस्तक बारे मन्तव्य सम्पादक हरिमञ्जुश्रीले दिनुभएको थियो । कार्यक्रममा श्रम–सम्मान तथा आर्थिक सहयोग स्व।कृष्णबहादुर तामाङको तर्फबाट श्रीमती सानुकान्छी तामाङ पुल्चोक–३, ललितपुरलाई र स्व।रघुवीर मालाकारको तर्फबाट श्रीमती मिनु मालाकार दिइएको थियो ।
त्यसैगरी आर्थिक सहयोग पनि गरिएको थियो । आर्थिक सहयोग पाउनेमा श्री ऋतम्भरा ज्ञान स्वरुप विद्यालय, गोलन्जोर–५, खनियाखर्क सिन्धुलीका १०० जना विद्यार्थीलाई १ वर्षका लागि स्टेसनरी सामान खरिद गर्न प्रतिनिधि श्री मुकेश श्रेष्ठलाई रु ५० हजार दिइएको छ ।
त्यस्तै ललितपुर पाटी पुर्ननिर्माण उपभोक्ता समिति, बंगलामुखी, ललितपुरलाई नगद रु। २५ हजार राशी अध्यक्ष सागर श्रेष्ठलाई दिइएको छ ।
त्यसैगरी मन्तव्य कार्यक्रममा विशिष्ट अधिवक्ता तथा वरिष्ठ राजनीतिज्ञ सी।पी।गजुरेल, विशिष्ट अतिथि माननीय शरत सिंह भण्डारी, विशिष्ट अतिथि माननीय नवलकिशोर शाह सुडी, मुख्य अतिथि डा।शेखर कोइरालाले आआफ्ना मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको आयोजना कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी २०५३ कृष्णगल्लीले गरेको थियो ।
Home Banner News कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको २८औं वार्षिक कार्यक्रम भव्य समारोहकाबीच सम्पन्न









