काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन नाइमाले नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको छ । सोमबार नाइमाले ंंंंंंकाठमाण्डौको सोल्टीहोटलमा पत्रकार सम्मेलनको आयोजनागरी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने जानकारी दिएको हो
आयोजकका अनुसार भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरु सार्वजनिक हुनेछन् । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने आयोजक ले जानकारी गराएको छ ।
Home सुदामा बिशेष नाइमा मोबिलिटी एक्स्पो २०२५, काठमाण्डौको भृकुटीमण्डपमा हुने, श्रावण २१ देखि २५ सम्म...








