राम प्रसाद गैरे,(आरपी,)
नेपालको सांगीतिक इतिहासमा शास्त्रीय संगीत साधनालाई जीवनको मूल साधन ठानेर निखार्दै आउनु भएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय एउटा यस्तो नाम हो ,जसले आफ्नो साधना र सिर्जनाबाट नेपालमा मात्रै होइन, भारतमा समेत आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ । नेपालका अधिकांश सांगीतिक साधकहरू पाश्चात्य वा आधुनिक धारमा लागिरहेका बेला उहाँले भनें कठिन र लामो साधनायुक्त शास्त्रीय पथ रोज्नु भयो र त्सैमा आफूलाई समर्पित गर्नु भयो । उहाँकजीवनको पृष्ठभूमि नै संगीतले भरिएको थियो । बुबा जलेसानन्द रेडियो नेपालका जागिरे शास्त्रीय संगीतकार हुनुहुन्थ्यो, जसको प्रेरणाले उहाँले बाल्यकालदेखि नै संगीतको सङ्गत गर्नु भयो । रेडियो नेपालको वातावरणले उहाँलाई संगीतमा रमाउन र साधनाको महत्व बुझ्न मद्दत गर्यो ।
उहाँले करिब, करिब चार दशकअघि शास्त्रीय संगीतको औपचारिक यात्रा सुरु गर्नु भएको थियो । जीवनका प्रारम्भिक दिनहरूमा आर्थिक कठिनाइ, सामाजिक बेवास्ता र शास्त्रीय संगीतप्रतिको घट्दो रुचिका कारण निरन्तर साधना गर्ने वातावरण पाउन कठिन थियो । तर,उहाँले बुबाको प्रेरणा र आफ्नो अदम्य आत्मविश्वासका बलमा यो यात्रा कहिल्यै रोक्नु भएन । सन् २००२ मा रेडियो नेपालद्वारा आयोजित जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम भएपछि उहाँ संगीत क्षेत्रमा चिनिन थाल्नु भएको हो । यसले उहाँलाई अझ बढी आत्मविश्वास दियो र थप लगनशील बनायो । त्यसपछि नेपाल र भारतका विभिन्न कार्यक्रममा सरोदवादन गर्दै आफ्नो कला फैलाउँदै लग्नु भयो
।
शास्त्रीय संगीतमा निरन्तर लागिरहे पनि नेपालको परिवेशले उहाँलाईलाई अपेक्षित सम्मान र अवसर दिइरहेको अनुभव भएन । बरु, भारतमाउहाँले प्रशस्त अवसर पाए र आफ्नै कलाबाट भारतीय श्रोताको मन जित्न सफल पनि हुनुभयो । भारतमा उहाँका प्रस्तुति निकै चर्चित बने र त्यहाँका संस्थाबाट विभिन्न पुरस्कार तथा सम्मान प्राप्त समेत गर्नु भयो । भारतको पश्चिम बंगाल सरकारले सन् २०१३ मा उहाँलाई सम्मानित गर्यो, जुन उहाँको साधनाको ठूलो मूल्याङ्कन थियो । त्यसपछि सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट, २०१८ मा शास्त्र सम्मान, सेभ द नेसन अवार्ड, भव्या इन्टरनेसनलको इन्डियन बेस्टिज अवार्ड २०१९ लगायत थुप्रै पुरस्कारले उहाँको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्यो ।
नेपालमा भने संगीतको कदर हुन सकेन भन्ने कुराले उहाँलाइ पीडा दिइरह्यो । नेपालमा शास्त्रीय संगीतको महत्व घट्दै गएको उहाँलेअनुभव गर्नु भयो । उहाँलाई लाग्यो, – श्रोताको संख्या पनि निरन्तर घटिरहेको छ र शास्त्रीय संगीतलाई नयाँ पुस्ताले सुन्ने वा सिक्ने रुचि कमाउँदै गइरहेका छन् । यो अवस्थाले उहाँलाई शास्त्रीय संगीतप्रति नेपाली समाजको संवेदनशीलता कमजोर भएको महसुस गरायो । नेपालमा आर्थिक तथा संरचनागत कारणले पनि शास्त्रीय साधकहरूले निरन्तर साधना गर्न कठिनाइ भोगिरहेका छन् । सुदर्शन पनि त्यसैबाट अछुतो रहनु भएन । उहाँले संगीत साधनाबाट बिहानबेलुकीको जोहो गर्न नसक्दा पछिल्लो दशकदेखि हस्पिटालिटी क्षेत्रमा जागिर गर्न थालेका छन् ।
संगीतसँगै अध्ययनलाई पनि उहाँले निरन्तरता निु भयो । एमपीएसहित चारवटा विषयमा डिग्री लिएर उहाँले आफूलाई शैक्षिक हिसाबले पनि सशक्त बनाउनु भएको छ । तर, शास्त्रीय संगीतमा समर्पित जीवनले .उहाँलाई आर्थिक सन्तोष दिन नसकेपछि विवशतावश जागिर गर्नु परेको उहाँ बताउँनु हुन्छ । जागिरका कारण परिवारको आधारभूत आवश्यकता पूरा गर्न सजिलो भयो, तर संगीत साधनामा चाहिँ समय छुट्याउन कठिनाइ भएको उहाँले बताउँदै आउनु भएको छ ।
जीवनको अर्को चुनौती भनेको नेपालको सांगीतिक संस्थागत व्यवस्थाले शास्त्रीय संगीतलाई प्राथमिकतामा नराखेको हो । उहाँको भनाइमा, नेपालमा शास्त्रीय संगीत न सँगित विद्यालयहरूले प्राथमिकतामा राखेका छन्, न त सार्वजनिक सञ्चार माध्यमले नै त्यसलाई प्रोत्साहित गरेका छन् । फलतः नयाँ पुस्ताले शास्त्रीय संगीतप्रतिको रुचि गुमाउँदै गइरहेका छन् । सुदर्शनको पीडा यही हो – जब उउहाँलेनेपाली श्रोताबाट अपेक्षित कदर र अवसर पाउनु भएनभने विदेशतिर आफ्नो प्रतिभा उजागर गर्ने बाटो खोज्न बाध्य हुनुपर्यो । यही कारण कतिपयले उहालाँई भारतीय नागरिक नै हो कि भनेर शंका गर्ने गरेको प्रसंगमा उहाँ निकै दुःखी देखीनु हुन्छ ।
उहाँ स्पष्ट पार्नुहुन्छ,– ‘भारतमा मैले धेरै प्रस्तुतिहरू गर्न पाएँ, तर म नेपाली नागरिक नै हुँ । मैले जन्मदेखि यत्तिकै नेपाली भएर शास्त्रीय संगीत साधना गरिरहेको छु ।’ उहाँ नेपाली भएर पनि भारतमा बढी चर्चित हुनुको पछाडि नेपालको संगीत क्षेत्रमा संरचनागत कमजोरी रहेको ठान्न ुहुन्छ । नेपालमा अवसर र श्रोताको अभावका कारण प्रतिभाले घरमै ओझेलमा पर्नुपर्ने अवस्था सिर्जना भएको उहाँअनुभव सुनाउनु हुन्छ।
उहाँ भन्नु हुन्छ – ‘नेपालमा शास्त्रीय संगीत सिक्ने वातावरण बनाइनुपर्छ, विद्यालयस्तरदेखि नै यसको तालिम सुरु गर्नुपर्छ । जबसम्म यसलाई पाठ्यक्रममा समावेश गरिँदैन, तबसम्म नयाँ पुस्ता शास्त्रीय संगीतप्रति आकर्षित हुने सम्भावना छैन ।’ उहाँआफ्नो व्यक्तिगत अनुभवबाटभन्नु हुन्छ – ‘नेपालमा अवसर खोज्दै समय बित्यो । भारतमा भने मैले सहजै प्रस्तुति गर्ने अवसर पाएँ । नेपाली कलाकारले आफ्नै देशमा अवसर पाउन नसक्नु दुःखको कुरा हो ।’
शास्त्रीय संगीतमा करियर बनाउन चाहने युवाहरूलाई उहाँ सल्लाह दिनुहुन्छ– ‘संगीतमा निरन्तर अभ्यास, लगनशीलता र धैर्य जरुरी छ । जबसम्म आफ्नो सीपमा विश्वास राखेर निरन्तर साधना गरिँदैन, तबसम्म सफलता हासिल गर्न गाह्रो हुन्छ ।’ उनी भन्छन्, ‘जीवनमा साधना नै सबैभन्दा ठूलो सफलता हो । पुरस्कार, मानसम्मान त त्यसको परिणाममात्र हुन् ।’
उहाँले पाएको सम्मानहरू नेपाली संगीतकला र संस्कृति प्रतिको उहाँको योगदानको अन्तर्राष्ट्रिय पहिचान हुन् । तर, उयहाँले महसुस गरिरहनु भएको छ– नेपालको साङ्गीतिक संरचना, नीति र कार्यक्रममा आमूल सुधार नगरिएसम्म अरु सुदर्शनहरूले पनि बाध्यतावश परदेशिनुपर्ने स्थिति कायमै रहनेछ । उहाँ संगीतको विकासका लागि राज्य, सांगीतिक संघसंस्था, सञ्चारमाध्यम, शैक्षिक निकाय र निजी क्षेत्र सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनु हुन्छ ।
यसैगरी, उहाँले आफ्नो जीवनको भोगाइबाट थुप्रै सफलता र असफलताको मिश्रित अनुभव बटुल्नु भएको छ। सफलताको हिसाबले उहाँ नेपाल र भारतमा प्रशंसा र सम्मान पाउन सफल हनु भयो । शास्त्रीय संगीतमा आफ्नो पृथक पहिचान बनाउन सक्नु भयो ।, भारतीय दर्शक र समीक्षकबाट समेत प्रशंसा पाए । असफलताको रूपमा नेपालमै अपेक्षित अवसर, सम्मान र श्रोताको साथ पाउन नसक्नु उहाँले आफ्नो जीवनको सबैभन्दा ठूलो दुःख मान्नु भएको छ । त्यसैले उहाँ भन्नु हुन्छ – ‘नेपालमै मिहिनेत गरे पनि सम्मान पाउन नसक्नु नै मेरो जीवनको असफलता हो ।’
उहाँले पारिवारिक जिम्मेवारी पूरा गर्न जागिर गर्नुपरे पनि संगीत साधनाबाट कहिल्यै विमुख नभएको प्रष्ट पार्नु हुन्छ ।। हस्पिटालिटी क्षेत्रमा काम गरिरहँदा पनि उहाँले हरेक बिहान र बेलुका समय निकालेर नियमित रियाज गरिरहेको बताउनु हुन्छ । । संगीतप्रति उहाँको समर्पण, निष्ठा र साधना नै वास्तविक परिचय हो ।
अन्तमा उहाँ भन्नु हुन्छ– ‘मेरो जीवन संगीतमै समर्पित छ । कुनै दिन अवसर आए नेपालमै ठूला कार्यक्रम गरेर शास्त्रीय संगीतको महत्व नयाँ पुस्तामा रोप्ने मेरो सपना छ ।’
( खबर ब्रेकिड.डिजीटल पत्रिकाबाट साभार )









