देउवाको पूर्व निर्वाचनक्षेत्र डडेल्धुरामा त्रिपक्षीय चुनावी भिडन्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा दशकौँदेखि देउवा नै डडेल्धुराको राजनीतिक पहिचान र ‘ब्राण्ड’ बन्नुभएको छ । २०४८ सालदेखि निरन्तर डडेल्धुरा जिल्लाबाट सबै चुनाव अर्थात् सातपटक सांसद जित्नुका साथै देउवा पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसको विरासत सम्हाल्दै आउनुभएका देउवाले आसन्न निर्वाचनमा अन्तिमपटक चुनाव लड्ने चाहना राख्नुभएको थियो । तर, पार्टीभित्रकै माहोल अनुकूल नबनेपछि चुनावी मैदान छोड्नुभयो । उहाँले चुनवी मैखान छोडे पछि अहिले त्यहाँ त्रिपक्ष्ीाय भिडन्त हुन थालेको छ ।
देउवाजस्तो स्थापित र लगातार जित्दै आएका नेताको स्थानमा नयाँ अनुहार आउँदा मतदातामा उत्साह र भरोसासँगै केही अन्योल पनि देखिएको छ । यसपटक चहलपहल सामान्य छ । ३४ वर्षपछि पहिलोपटक डडेल्धुराको चुनावमा देउवा नभएपछि यसपालि जिल्लाले कसलाई चुन्ला भन्ने सर्वत्र चासो देखिएको छ । देउवाको अनुपस्थितिले चुनावी प्रतिस्पर्धा खुला भएको र यसले परिणाम अनिश्चित बनाएको स्थानीय मतदाताको भनाइ छ । कांग्रेसमा नयाँ नेतृत्व आएपछि संसदीय राजनीतिबाट बिदा लिनुभएका देउवाले सातवटा चुनाव जितेको आफ्नो विरासत विश्वासपात्र नैनसिंह महरको काँधमा बिसाउनुभएको छ । देउवाले छोडे पछि त्यहाँ कांग्रेस सहितअन्य आकाक्षी १३ दलका उम्मेदवारहरु चुनावी मैदानमा छन । तर, प्रमुख तीन राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा कांग्रेस, वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको हो । नवयुवा मतदाताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति रुझान देखिन थालेको छ भने सांगठिक रूपमा बलियो नेपाली कम्युनिष्ट पार्टी पनि कांग्रेसको बलियो प्रतिस्पर्धीका रूपमा देखिएको छ । कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य महरसँग नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा। तारा जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । मुख्य प्रतिस्पर्धा भने महर, जोशी र मालबीच हुने स्थानीय बुद्धिजीवीको आँकलन छ ।

LEAVE A REPLY