शिक्षाको उद्देश्य
स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा अघि बढाइन्छ भन्ने बुझ्दा पनि हुन्छ । शिक्षाको खास उद्देश्य भनेको सिकारूले चाहेको सिक्न पाओस, दक्ष, सक्षम, योग्य, लगनशील र सिपालु बनोस् भन्ने नै हो । जीवन विचरणलाई सहज बनाउन अथर्थोपार्जन का दृष्टिले सफलता हाँसिल गरोस् । मानवीय आवश्यकताहरू पूरा गर्न पछि नपरोस् ।
मानिसले मानिस भएर बाँच्न सजिलो पार्ने आवश्यक समसाधनहरू यर्थष्ट जोडेर मात्र पुग्दैन किनभने मानिस त सामाजिक प्राणी पनि हो। बौद्धिकता र विवेकशिलताको खानी पनि हो । शिक्षित व्यक्तित्वले पूरा गर्नु पर्ने दायित्वहरू पूरा गरेर असल नागरिक पनि बन्नु पर्दछ । कुनै पनि देशभर असल नागरिक नहुने हो भने दुरावस्था छिट्टै छिटे निम्तिन सक्छ । देशले भने जस्तो उन्नती प्रगति गर्न सक्दैन । राम्रा राम्रा उपायहरु अपनाएर देश भरि खुशीयाली छाउनु पर्दछ । शिक्षा उल्लेख्य हुनु पर्छ । नागरिकहरूमा खुशीयाली छाउनेकारक तत्वहरूको बन्दोवस्त मिलेका भए सौभाग्यले ठाउँ लिन्छ । शिक्षा प्रेरणादायी भइ दिएमा राज्यलाई शिक्षाको व्यवस्थापन मिलाउन सजिलो पर्दछ ।
शिक्षा लिने दिने प्रक्रिया
शिक्षा लिन चाहने सिकारूले आफुले सिकेको विषयवस्तुहरूलाई पूर्ण रूपले पारंगत गर्नु पर्छ । सिक्नु पर्ने र जान्नु पर्ने कुरालाई अपुरो बनाइयो भने त्यसले जीवनमा धेरै दुःख दिन्छ । अपुरो नपारी र नकचल्ट्याई लिएको शिक्षाले मानिसको जीवनलाई उच्च कोटीको बनाउन सक्छ । यसर्थ शिक्षा लिदै जाने क्रममा जान्नै पर्ने कुराहरूलाई नछोडी सिक्ने गर्दा सिकारू स्वयंलाई अप्ठ्यारो भन्दा सजिलो हात पर्न सक्छ । जे जस्ता जति कुराहरू सिकिन्छ त्यसलाई सँगैसँगै व्यवहारमा उत्तार्न सके सिकाई झन बढि आकर्षक हुन पुग्छ । यसर्थं सिकारूहरूको सिकाईलाई सहज र आकर्षक बनाइदिन जनि शिक्षक महोदयहरूले पनि खुशीसाथ सिकेको विषयवस्तुलाई व्यवहारमा उत्तार्न मद्दत गरि दिनुभयो भने सिकारूहरूको आत्मा खुशीले गद्गद् हुनेछ । सिकेर जानेको कुरालाई व्यवहारमा उत्तार्न सजिलो पार्ने गरी शैक्षिक संस्थाहरू पनि सोहि अनुरूपका मैदिएमा शिक्षा आर्जन गर्न सजिलो हुने कुरा पक्कै छ ।
शिक्षाको व्यवस्थापन
शिक्षार्थीहरूले राम्रो सँग शिक्षा आर्जन गरुन भनेर राम्रोसँग बन्दोबस्त मिलाई दिने काम राज्य सरकार र अभिभावकहरूको छँदै छ । सँग सँगै देशका बुद्धिजीवि विद्वान वर्गहरूले पनि साथदिनु भयो भने झन राम्रो हुन्छ । देशमा कस्ता कस्ता जनशक्तिको खाँचो छ ?यसैको आधारमा पढ्नु पर्ने विषय बस्तुहरुको व्यवस्थापन खास गरी सरकारले मिलाई दिए धेरै राम्रो हुन्छ । यसरी आफ्नो सिकाईलाई पारंगत गरेर उत्रिसके पछि लगत्तै काम गर्न पाउने अवसर पनि मिलाई दिँदा शिक्षा धेरै प्रभावकारी हुँदै जान्छ । शिक्षामा जति राम्रो व्यवस्थापन मिलाउन सक्यो उत्तिनै बढि खुशीयाली भर्ने काम पूरा हुँदै जान्छ ।
शिक्षाको उपयोगिता
जब शिक्षार्थीहरु बडो लगनशीलता पूर्वक सिकेर आफूले चाहेको विषय वस्तुहरूमा पारंगत हुन्छन् । अनि ति विषयवस्तुहरूको तथ्यगत ज्ञानको आधारमा व्यवहारमा ढाल्न पनि सिपालु हुन्छन् । अब उनीहरुलाई आफु दक्ष र सक्षम भैसकेको हैसियतको लागि कार्य क्षेत्रमा पनि उत्तारेर अर्थोपार्जन गर्न सफल हुनुपर्ने हुन्छ । आफुले जानेको कार्यकुशलताको आधारमा अर्थोपार्जन गरेर आ–आफ्नो जीवन विचरणलाई सहज बनाउन र भविष्य निर्माण गर्न सफल भए भने शिक्षार्थीहरूले हाँसिल गरेको शिक्षाको उपयोगिता सहि रूपमा भएको मानिन्छ । यत्ति मात्र नभएर जब जब नागरिकहरू शिक्षाको माध्यमबाट अर्थोपार्जन गरी सम्पन्न हुँदै जान्छन् । तब तब राज्यलाई विकासका खुट्किलाहरू चढ्दै जान सजिलो पर्न सक्छ । शिक्षाको उपयोगिता क्षेत्र व्यापक नै हुन्छन् तर यहाँ केहि उदाहरण स्वरूप मात्र उल्लेख गर्ने जमर्को भएको छ । सिक्ने सिकाउनेहरूले प्रयास गर्दै जाने हो भने उपयोगिता थुप्रै पत्ता लाग्न सक्दछन् ।
शिक्षाका विषय वस्तुहरू
शिक्षार्थीको चाहना अनुरूप शिक्षा लिन पाउनुलाई शास्वत मानवाधिकारको रूपमा लिन सकिएला । तर पनि मानवीय आवश्यकताको रूपमा केहि विषयहरूलाई अनिवार्य गराउनु पर्ने हुन्छ । जस्तो कि नेपाली भाषालाई राष्ट्रिय भाषाको दायित्व पुरा गर्न पढ्नु पर्ने हुन्छ । जस्ले र्दा सजिलै अभिव्यक्ति दिन सजिलो होस् । यस्तै अंग्रेजी भाषा आधुनिक्क जमानाको खाँचो पूरा गर्न विश्वव्यापी ज्ञान पुञ्जहरूको अध्ययन गर्न सजिलैसँग सकियोस् । अन्तराष्ट्रिय सम्पर्क बढाउन यो भाषाले सहयोग पुयाउँछ । अब विज्ञान विषयले वस्तुहरूको चिनारी, वैज्ञानिक पद्धतिहरूमा बुझ गर्न सजिलो
पार्दछ । अब आयो सामाजिक विषयको पालो सो विषयले नागरिकहरूलाई न व्यक्तित्व रूपमा स्थापित गरेर मानिसको जीवनस्तर कसरी उकास्नु पर्दछ भन्ने सिकाउँछ । यस्तै गणित विषयले मानिसका जीवन व्यवहारको लेखाजोखा गर्न अभिलेख राख्न जस्ता कामहरु सिकाउँछ । अनि स्वास्थ्य शिक्षाको काम भनेको मानिसले जसरी हुन्छ निरोगी जीवन विताउन सिकाओस । यसरी नै व्यवसायिक विषयहरूमा जुन जुन पढेर पारंगत पूर्ण र कार्य कुशलता युक्त भएको कारण पढाइ पूरा गरेपछि काम गर्न पाउने सुनिश्चित वातावरण बनोस् । देशले काँचुली फेर्न पाओस् अनि मात्र शिक्षाआर्जन हौसला पूर्ण र हर्षोल्लासपूर्ण भइ रहनेछ । शिक्षाका विषयवस्तुहरू फुल्दै फल्दै जानेछन् । हामी मानिसहरू रमाउन थाल्ने छौं ।
शैक्षिक उपलब्धी
शिक्षा पारंगतशिल र व्यवसायमय हुनुका साथै थप उपलब्धीमय हुनुपनि आवश्यक छ । पढाइ भएका विषयहरूले आफ्नो आफ्नो विषयगत उपलब्धीहरू हाँसिल गर्न सफल बनाएसँग सँगै शिक्षित व्यक्तित्वहरूले आ–आफ्नो व्यवसाय संचालन गरी अर्थोपार्जन गर्न सफल हुँदै गर्दा नागरिकमा हुनुपर्ने विशेष गुणहरूले पनि सम्पन्न हुनुपर्ने देखिन्छ । जस्तै विद्धान व्यक्तित्वका घर धेरै कुराले सम्पन्न हुनुपर्ने
देखिन्छ । आफ्ना मान्यजनहरूलाई अचुक श्रद्धा भक्तिले खुशी पारेको अवस्था हुनुपर्ने, नैतिकता कलंकित हुनु नहुने, सामाजिक योगदान दिन अग्रसर हुनुपर्ने जस्ता थुप्रै गुणहरूले सम्पन्न हुन सक्नुमा शैक्षिक उपलब्धी झल्किन सक्छ । विद्धान मानिसले गरेको काम त्रुटिपूर्ण नभई सधै खुसियाली छाउने खालको भए शिक्षाको उपलब्धी उल्लेख्य हुन पुग्छ । शिक्षाको जगतमा खुशीयाली छाउँछ ।








