राजसंस्था मान्नेको समूल मत राप्रपालाई आउने पक्कापक्की छ

सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६
सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ क्षेत्र नं. ६ मा उम्मेदवार बनाएको छ । देशको न्याय, कानून, कृषि, रोजगारी लगायतका क्षेत्रलाई मजवुत बनाउन संघर्षरत सविन निरौला समाजसेवी स्वभावका हुनुहुन्छ । राप्रपाका युवा नेता निरौलाले यस क्षेत्रमा जित्ने आधार धेरै रहेको छ । यति वेला उहाँ मतदाताको घरदैलोमा हुनुहुन्छ, मतदाताले उहाँलाई जिताउने आर्शिवाद दिइरहेको देखिएको छ । प्रस्तुत छ, राप्रपा उम्मेदवार सविन निरौलासँग गरिएको कुराकानीः
तपाई राप्रपाको तर्फबाट मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नु भएको छ । कस्तो लागि रहेको छ ?
देशको राजसंस्थावादी र हिन्दुवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट मोरङ क्षेत्र नं. ६ मा उम्मेदवार बन्न पाउँदा म अत्यन्त गौरवाङ्गित र हर्षित भएको छु । साथै उत्साहित समेत भएको छु । यो राप्रपाले जित्ने क्षेत्रका रुपमा मतदाताले मुल्याङ्कन गर्नु भएको छ । यहाँका स्थानीय जनताले मलाई तपाई हाम्रो माग संबोधनका लागि उठ्नु प¥यो हामी साथ छौ भनेको अवस्था हो । म संवैधानिक राजसंस्था र हिन्दुराज्यको एजेण्डा स्थापित गर्न उठेको हो । जित्नकै लागि उठेको हुँ । म राप्रपामा रहेर पनि सबै जनतालाई समान रुपले सेवा गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले म जित्नका लागि तयार भएर बसेको छु । यो क्षेत्रका स्थानीय वासिन्दाले धेरैलाई हे¥यौ, यस पटक तपाईलाई हेछौं भनिरहेको अवस्था छ । म जिते पछि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्ने छु ।
राप्रपाको सङ्गठन खस्कियो भनिन्छ नि ?
राप्रपाको सङ्गठन खस्केको भन्ने होलान । तर राप्रपाको एजेण्डमा, राप्रपा पार्टीमा मत बढ्दै गएको छ । जनताले ‘जहाँ सविन निरौला त्यहाँ जनता’ भनिरहेको अवस्था छ । मोरङ ६ मा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । यो पार्टीलाई अब जिताउने बेला आएको छ । अहिले हामीलाई जनताले नजिताए कहिले जिताउने ? राप्रपा देशै भरको फरक धारको नेतृत्व गरिरहेको पार्टी हो । राप्रपाको सङ्गठन विगत भन्दा सय प्रतिशत बढ्दै गएको छ । यो क्षेत्र पनि राप्रपाले जित्ने क्षेत्र हो । म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं । म पनि पहिलो पटक तपाईहरुसँग मत मागिरहेको छु । मलाई विश्वासको मत दिनु होला ।
देशको कठिन अवस्थामा निर्वाचन हुँदैछ, तपाईलाई कस्तो लागि रहेको छ ?
देशको अवस्था कठिन भए पनि निर्वाचनपछि देशको अवस्था संलिदै जानेछ । जेन–जि आन्दोलनले नयाँ सरकार बन्यो । जेनजिकै बलमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश त्यति साह्रो कठोर भने छैन । देशको शान्ति सुरक्षाको अवस्था राम्रै छ । देशलाई शान्तिपूर्ण रुपमा अवतरण पनि यहि निर्वाचनले गर्नेछ भन्ने विश्वास लिएको छु ।
जनताले यस पटक राप्रपालाई नै किन जिताउने ?
सबै भन्दा पहिला देशबाट भ्रष्टाचार निबारण गर्न राप्रपाले जित्नु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हामी जित्दैछौ । हामी राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउदै छन् । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दु राज्यको पक्षमा लहर नै चलेको छ ।
देश व्यापी फैलिरहेको महँगी, भ्रष्टाचार कसरी नियन्त्रण होला ?
देश व्यापी फैलिरहेको महँगी, भ्रष्टाचार नियन्त्रण्का लागि पनि राप्रपाले जित्नुपर्छ । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र पनि यतिवेला फितलो देखिन्छ । देशमा काम गर्ने होनाहार युवा विदेशिएको अवस्था छ । कृषिमा काम गर्ने युवा विदेशिएपछि स्वदेशमा उत्पादन घटिरहेको छ । विदेशबाट आयात गरिरहनु परेको छ । यस्तो अवस्थामा महँगी बढ्नु एकहदले स्वभाविकै हो । अर्को कुरा नेपालमा भ्रष्टाचार दिनदिनै बढ्दै गएको छ । राप्रपा सत्तामा नपुगि भ्रष्टाचार निवारण हुनेवाला छैन । ठुला दलका नेताका भ्रष्टाचारको काण्डले राजनीति घेरिएको देखिन्छ । त्यसैले राप्रपाले सधै भ्रष्टाचारको विरोध गरिरहेको सबैलाई विविदै भएको कुरा हो ।
नेपालमा रोजगारी नपाएका युवाहरुलाई के भन्नु हुन्छ ?
नेपालका उद्योग कलकारखाना यहाँका प्रमुख दलले बेचेर खाएका छन् । यहाँ काम गर्ने ठाउँ नपाएपछि, अवसर नपाएपछि देशका होनाहार युवा विदेशिनु स्वभाविक नै हो । यदि राप्रपा सत्तामा जाने हो र एक्लौटी सरकार संचालन गर्ने अवसर पाउछ भने देशमा कलकारखाना, उद्योग धन्दा थपिदै जानेछ । त्यस अवस्थामा अहिले जस्तो युवाहरु दिनदिनै कामको शिलशिलामा विदेश जानु पर्ने छैन । त्यसैले राप्रपालाई यस पटक जिताई दिनु होला । युवाको जित राप्रपाको जित । राप्रपा विकासवादी पार्टी हो । यो क्षेत्रमा पनि युवालाई स्वदेशमै रोजगारी दिलाउन, काम गर्ने अवसर दिलाउन मलाई जिताउनु होला । हरेक किसिमले जनतामुखी पार्टी भएकाले यस पटक राप्रपाको पक्षमा लहर छ । जताजतै राप्रपाले जित्ने मैले देखेको छु ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलोप्रति जनताको अगाध अस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यो निर्वाचनलाई पनि हामीले आन्दोलनकै रुपमा लिएका छौं । यहि निर्वाचनबाटै हाम्रो एजेण्डा स्थापित हुनेछ ।
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउँला नि ?
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ ।
अब देश कुन मोडमा जाला ?
निर्वाचनपछि देशको अवस्था झनझन राम्रो हुँदै जानेछ । यो निर्वाचनले राप्रपालाई सत्तामा पु¥याउने छ । राप्रपा स्पष्ट राजसंस्थावादी भएकाले राजसंस्थावादीको समूल मत राप्रपालाई आउने पक्कापक्की छ । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दुराज्यको पक्षमा लहर नै चलेको मेरो बुझाई छ ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, राजावादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । यो क्षेत्रलाई राप्रपाको किल्लाको रुपमा स्थापित गर्न चाहान्छु । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौको हो, अवसर हो, राप्रपालई जिताउनु होला ।

LEAVE A REPLY