यस पटक राप्रपालाई जिताउँछौ भनेरआम मतदाताले भनिरहनु भएको छ

—अर्जुन खनाल, प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, कास्की क्षेत्र नं. – ३
कास्की क्षेत्र नं. ३ मा विभिन्न दलका १५ जना उम्मेदवार छन् । उनीहरु मध्ये सबै भन्दा कान्छा उम्मेदवार हुन, राप्रपाका अर्जुन खनाल । ३६ वर्षीय खनालको राजनीतिक यात्रा कम्यूनिष्ट आन्दोलनबाट सुरु भएको हो । पछि हिन्दु राज्य कायम हुनु पर्छ भन्दै ब्रामन विद्यार्थी समाजको केन्द्रीय संयोजक बने । विभिन्न मुद्दा लिएर अखण्ड नेपाल पार्टी, विवेकशिल साझा पार्टी हुदै उनी पछिल्लो समय सनातन हिन्दु राज्य र पृथ्वी पथको बाटो समादै अहिले राप्रपामा आवद्ध भएका छन् । राप्रपामा उनी केन्द्रीय सदस्य तथा पर्यटन विभाग सदस्य हुन् । स्पष्टवक्ता, मिलनसार तथा विकासप्रेमी अर्जुन खनाललाई यस पटकको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं। ३ मा राप्रपाले उम्मेदवार बनाएको छ । पर्यटन व्यवसायमा सव्रिmय खनालले नेपालका विभिन्न जिल्लामा व्यवसाय संचालन गरी करिब २ सय जनालाई रोजगारी दिएका छन् । अर्थशास्त्रमा स्नाकोत्तर गरेका उनले पर्यटनबाटै आर्थिक समृद्धि चाहेका छन् । विभिन्न सामाजिक संघ संस्थामा लागेर समाजसेवा समेत गरिरहनु भएको छ खनालले । उनले भने ‘संवैधानिक राजसंस्था, बौद्ध, किराँत सहितको हिन्दु अधिराज्य हुनुपर्छ । त्यसपद्धि संघीयता, परदेशको खारेजी गरेर बलियो स्थानीय तह र केन्द्रीय सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने मेरो मुख्य एजेण्डा रहेको छ ।’ आफ्नोविचार स्पष्ट रुपमा राख्नु हुने तथा समाज वदल्न चाहानुहुने राप्रपा उम्मेदवार अर्जुन खनालसँग निर्वाचन केन्द्रित कुराकानीः
तपाई राप्रपाको तर्फबाट कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नु भएको छ । कस्तो लागेको छ ?
देशको राजसंस्थावादी, हिन्दुवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नं. ३ मा उम्मेदवार बन्न पाउँदा म अत्यन्त उत्साहित भएको छु । यहाँका स्थानीय जनताले मलाई तपाई हाम्रा मागको संवोधनका लागि उठ्नु प¥यो, हामी साथ छौ भनेको अवस्था हो । म संवैधानिक राजसंस्था र हिन्दुराज्यको एजेण्डा स्थापित गर्न उठेको हुँ । जित्नका लागि उठेको हुँ । यस क्षेत्रमा उठ्नुको धेरै कारण छन् । म राप्रपामा रहे पनि सबै जनतालाई समान रुपले सेवा गर्दै आएको छु । यति वेला राप्रपाले अघि सारेको हिन्दु राज्य र संवैधानिक राजतन्त्रको पक्षमा जनमत बढ्दै गएको छ । हाम्रो पार्टीको संगठन विगत भन्दा बढ्दै गएको छ । त्यसैले म जित्नका लागि तयार भएर बसेको छु । सरासर भन्नु पर्दा वैदिक सनातन धर्म र संवैधानिक राजसंस्था बहालीको लागि मेरो उम्मेदवारी हो । यति वेला म चुनावी प्रचार प्रचारको क्रममा जहाँ जान्छु, त्यहाँका जनताले यस पटक राप्रपालाई जिताउछौं भनिरहेको अवस्था छ । म जिते पछि सबै मतदाताको मतलाई सधै सम्मान गरिरहने छु ।
राप्रपाको सङ्गठन खस्कियो भनिन्छ नि ?
राप्रपा सङ्गठन खस्केको भन्ने होलान । तर राप्रपाको एजेण्डामा, राप्रपाको पार्टीमा मत बढ्दै गएको छ । जनताले जहाँ अर्जुन खनाल त्यहाँ जनता भनिरहेको अवस्था छ । जहाँ राप्रपा त्यहाँ पनि जनता भनिरहेको अवस्था छ । कास्कीमा मात्र हैन देशैभर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । यो पार्टीलाई अब जिताउने बेला आएको छ । अहिले हामीलाई जनताले नजिताए कहिले जिताउने ? राप्रपा देशै भरको फरक धारको नेतृत्व गरिरहेको पार्टी हो । राप्रपाको सङ्गठन विगतभन्दा सय प्रतिशत बढ्दै गएको छ । यो क्षेत्र पनि राप्रपाले जित्ने क्षेत्र हो । म आम मतदातालाई भन्न चाहान्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं, म पहिलो पटक तपाईहरुसँग मत मागिरहेको छु । मलाई विश्वासको मत दिनु होला ।
जनताले यस पटक राप्रपालाई किन जिताउने ?
सबै भन्दा पहिला देशबाट भ्रष्टाचार निवरण गर्न राप्रपाले जित्नु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । यहि आदर्शका कारण हामी जित्दैछौं । हामी राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउदै छन् । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दु राज्यको पक्षमा लहर नै चलेको छ ।
यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलो प्रति जनताको अगाध आस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यो निर्वाचनलाई पनि हामीले आन्दोलनकै रुपमा लिएका छौं । यहि निर्वाचनबाटै हाम्रो एजेण्डा स्थापित हुने छ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउँला नि ?
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौ । यो देशमा ९० प्रतिशतभन्दा बढी हिन्दु छन् । हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ ।
अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, राजावादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । यो क्षेत्रलाई राप्रपाको किल्लाको रुपमा स्थापित गर्न चाहान्छु, मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौका हो, अवसर हो, राप्रपालाई जिताउनु होला ।

LEAVE A REPLY