भुईमा पछारेर छोराको हत्या गर्ने बाउ पक्राउ

?????????????????????????????????????????????????????????

रेसुङ्गा गुल्मी, माघ १५ गते। गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै छोराको हत्या आरोपमा पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेर आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमाललाई भुइमा पछारेर मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो।
घटना लगत्तै छोरी सरिता कुमालले प्रहरी चौकी हस्तीचौरमा खबर गर्नुभएको थियो।
हत्या आरोपित कुमाललाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो।

LEAVE A REPLY