दुई सेवाप्रदायक खल्ती र आइएमई पेले गरे, औपचारिक रूपमा मर्जरको घोषणा

काठमाडौं । दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । नेपाल राष्ट्रबैंक र कम्पनिरजिष्ट्रारको कार्यलयबाट अन्तिम स्वीकृति पाए सँगै आज काठमाडौं मा एक कार्यक्रमको आयोजना गरी विशेष समारोहका बीच एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो ।कार्यक्रममानेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती लिमिटेडको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे । सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त भएका छन् ।
मर्जरसँगै अब खल्ती ब्रान्डमा वालेट सञ्चालन हुनेछ । नयाँ लोगोमा खल्तीको पहिचान बनेको बैजनी रङलाई विस्थापित गरी रातो रङलाई मुख्य बनाइएको छ । लोगोको दायाँपट्टि माथिल्लो भागमा आइएमईको ब्रान्डलाई झल्काउने चङ्गा राखिएको छ भने त्यसको तल कालो अक्षरमा ’दथ’ र रातोमा ’क्ष्ःभ्’ लेखिएको छ ।

LEAVE A REPLY