काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः प्रवेश र अध्यक्ष बन्ने चर्चा गम्भीर विषय भएको बताएइ रहेका वेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भनें मैले लिने पार्टीको जिम्मेवारीका विषयमा पार्टीको आगामी महाँधिवेसनले निर्णय लिने बताउनु भएको छ ।
बिहीबार दिशानिर्देश टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा सञ्चालित प्रचार झूटो र आधारहीन भएको टिप्पणी गर्नु भयो।“उहाँले सदस्यता नवीकरण गर्नु पार्टीको सदस्य बन्नुजस्तै सामान्य प्रक्रिया हो, न कि नेतृत्व सम्हाल्ने तयारी।” प्रधानमन्त्री ओलीको भनाई थियो ।
ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको कार्यशैली उदाहरणीय भएको उल्लेख गर्दै, भण्डारीले राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि दलमा फर्किने विषय अझै संवेदनशील र गम्भीर छलफलको विषय हुने बताए।तर पूर्व राष्ट्रपति भण्डारीले केही दिन अघि एक पत्रकार सम्मेलन गरी आफूलाई पार्टीले रुचाएकाले पार्टीको जिम्मेवारीलिने विषयमा आफू तयार भएको जानकारी गराउनु भएको छ ।।








