रास्वपा गण्डकी प्रदेशको कार्यभार सभापति नवीन त्रिपाठीको काँधमा

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए । यस सँगै गण्डकी प्रदेशको रास्वपाको सम्पूर्ण कार्यभार त्रिपाठीको काँधमा पर्न गएको हो ।
उनीसँगै यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतम, माधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४मतल्याएरविजयी हुँदा गौतमले १८२ मत पाए । अर्का उम्मेदवार माधव कँडेलले ११ पाए भने हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए र लज्जासप्रद पराजय भोगे ।

LEAVE A REPLY