काठमाडौं । काठमाडौंकोराष्ट्रिय सभा भवनमा आयोजित विशेष कार्यक्रममा नेकपा एकीकृत समाजवादी एस र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा गरिएको छ। यस सँगै वामदेव गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बनेका छन्। तर उनी वरिष्ठ नेता भए पनि उनको वरीयता भनें तेसो्र स्थानमा रहने भएको छ । वरीयतामा पार्टी अध्यक्ष माधव नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनालदोस्रो र तेस्रो वरीयतामा वामदेव गौतम रहने सहमति भई सकेको छ ।
एकता कार्यक्रममा भावुक हुँदै वामदेव गौतमले भने, “चार वर्षपछि पार्टीमा फर्किन पाउँदा अत्यन्त खुशी छु। म अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु।” उनले १०० वर्षसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय रहने अठोट पनि दोहोर्याए।उनले राजतन्त्रको अन्त्य र कम्युनिस्ट पार्टीको एकतालाई आफ्नो प्रमुख संकल्पको रूपमा प्रस्तुत गरे।
कार्यक्रममा अध्यक्ष माधव नेपालले नेकपा एमालेसँग कुनै पनि एकताको संभावना नरहेको भन्दै, एमालेकै कारण पार्टी टुक्रिएको र समाजवादी पार्टीलाई सिध्याउने खेल भइरहेको आरोप लगाए। एकता समारोहमा माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालबीच अंगालो हाला हाल गरीएको दृश्यले कम्युनिस्ट नेताहरूबीचको भावनात्मक पुनर्मिलन एकता दिगो हुने प्रष्ट पारेको ।








