पूर्व प्रधानमन्त्री शेरबहादुर देउवांद्वारा लगानी कर्तालाइ ढुक्क संग लगानी गर्ने बातावरण बनाउनु पर्ने धारणा व्यक्त

काठमाडौं । असार ३१ गते मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले राजधानीमा भव्य तथा सभ्यरुपमा २३ औं वाषिक साधारण सभा सम्मपन्न गरेको छ । पूर्व प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा उर्जा मन्त्री दिपक खड्काको विशेष आतित्थ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकाशेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्
उनले इप्पानको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखे । उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ । दुःख दिने भन्ने त कुरै छैन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’
त्यस्तै उनले देशमा लोडसेडिङ अन्त्य र जलविद्युत् क्षेत्रमा निजी लगानी भित्र्याउन कांग्रेसको ठूलो भूमिका रहेको बताएका छन् । सभापति देउवाले शैलजा आचार्यकै कारण निजी लगानीकर्ताले वातावरण पाए, लगानीको वातावरण बनको पनि बताए । उनले आफू प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत् भारत निर्यात भएको पनि उल्लेख गरे ।
त्यसै गरी इप्पानका अध्यक्ष गणेश कार्कीले नीजि क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण रहेको भन्दै उनले सरकारको नारा ‘सरकारको साथ, निजी क्षेत्र चालक’ हुनुपर्नेमा उल्टै सरकारी निकायहरूकै कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएको बताए । उनले बजेटमा ल्याइएको ‘टेक एन्ड पे’ प्रावधान, दुई वर्षदेखि रोकिएको सेयर निष्कासन आईपीओ र राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजना निर्माणमा लगाइएको प्रतिबन्ध जस्ता विषयले निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको बताए ।
उनका अनुसार, हाल निजी क्षेत्रले विभिन्न चरणमा ३४ हजार ४८४ मेगावाटका ७२५ आयोजना अघि बढाएको छ । तर, सर्वोच्च अदालतको एक आदेशका कारण राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रभित्रका करिब १९ हजार मेगावाट क्षमताका २१७ आयोजनाको निर्माण रोकिएकोछ ।
त्यसै गरी मञ्चमा आमन्त्रित पूर्व ऊर्जा मन्त्री जर्नाधन शर्मा लगायतले स्वतन्त्र ऊर्जाबारे आ आफ्जना समसामयिक धारणा राखेका थिए ।

LEAVE A REPLY