।
१८ चैत, काठमाडौं । नेपालले फिफा सिरिज–२०२६ नखेल्ने भएको छ । फिफा तालिकाअनुसार अप्रिल १२ र १५ मा नेपाली महिला टोलीले थाइल्यान्डमा ४ देशीय सिरिज खेल्ने तालिका थियो ।
तर, राष्ट्रिय खेलकुद परिषद् राखेपबाट निलम्बनमा परेपछि नाम फिर्ता लिइएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए
‘राखेपले ३ महिनाका लागि निलम्बन गरेपछि फिर्ता लिनुबाहेकको अरू उपाय नै छैन,’ उनले भने ।
एन्फा—राखेप विवाद ःखेलाडीको प्रश्न ,हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?
सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट निलम्बनमा परेपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको थिए।
सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्को एक देशले प्रतिस्पर्धा गर्ने तय थियो । तर, नेपालले सहभागिता नजनाउने भएपछि अर्को देशले अवसर पाउनेछ
एन्फा र राखेपको विवाद कारण यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो ।








