काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग एचजेएनबीएल २०२६ मा फराकिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ ।
हाउण्ड्सले ८ खेलबाट १३ अंक जोडेको छ । हाउण्ड्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २२–१०, २८–१५, ३४–२९, २१–१८ को प्रदर्शन गर्यो । हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २८ अंक स्कोर गरे । बुर्जा प्लेअर अफ दि म्याच घोषित भए । मंगलबार राती भएको खेलमा गोल्डेनगेटले रोएललाई १०८–४६ को फराकिलो अन्तरले पराजित गरेको छ ।
लिगमा गोल्डेनगेटको यो सातौँ जित हो । गोल्डेनगेटले ८ खेलबाट १५ अंक जोडेको छ । नेपाल बास्केटबल संघ ९नेबा० को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।







